ad ad

कारोबार


लकडाउन अवधिभरको जरिवाना मिनाहा गर्ने टेलिकमको निर्णय

लकडाउन अवधिभरको जरिवाना मिनाहा गर्ने टेलिकमको निर्णय

नेपालखबर
चैत १२, २०७६ बुधबार ५:४३,

नेपाल टेलिकमले कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने निर्णय गरेको छ।

मंगलबार टेलिकमले उक्त निर्णय गरेको प्रवक्ता राजेश जोशीले जानकारी दिए।

त्यस्तै, पूर्ण लकडाउनमार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने टेलिकमले जनाएको छ।

सरकारले कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै ११ गतेदेखि देश लकडाउन गरेको छ। १८ गतेसम्म कायम रहने लकडाउनमा मानिसहरुलाई घरबाहिर ननिस्किन भनिएको कारण उपभोक्ता मारमा पर्न सक्ने भन्दै कम्पनीहरुले सहजीकरणको प्रयास गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .