ad ad

समाज


‘लकडाउन’ले समस्यामा परेका मजदुरलाई ५ हजार सहयोग गर्ने दिल्लीका मुख्यमन्त्रीको घोषणा

 ‘लकडाउन’ले समस्यामा परेका मजदुरलाई ५ हजार सहयोग गर्ने दिल्लीका मुख्यमन्त्रीको घोषणा

नेपालखबर
चैत १२, २०७६ बुधबार ४:७,

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरी वालले कोरोना भाइरस संक्रमणको कारण रोजागारी गुमाएका निर्माण क्षेत्रका मजदुरलाई पाँच पाँच हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

भारतमा लकडाउनका कारण धरै मजदूर समस्यामा परेका भन्दै उनले निर्माण क्षेत्रमा सहभागी मजदुरलाई जीवन यापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोगको घोषणा गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दिल्लीमा भवन र अन्य निर्माण श्रमिक बोर्ड अन्तर्गत दर्ता भएका मजदुरलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति दिइने छ।

दिल्लीमा निर्माण क्षेत्रमा करिब चार लाख कामदार दर्ता भएका छन्। आर्थिक सहयोग सीधा तिनीहरूको खातामा जानेछ।

‘यो कठिन अवस्थामा दैनिक ज्लादारी मजदुरको जीविका चलाउनका लागि पाँच हजार रुपैयाँ दिइनेछ,’ केजरी वालले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .