डब्लूएचओले मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टलाई नेपालमा कोरोनाको परीक्षणको गुणस्तर अध्ययन गर्न खटाएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गरिएको थियो।
डब्लूएचओले अध्ययनपछि नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको बताएको हो।
डब्लूएचओको प्रतिवेदनका अनुसार नेपालले कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा गरेको उल्लेख गरेको छ।
नेपालमा हालसम्म २ जनामा कोरोनाको पुष्टि भएको छ। तीमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन्।
हालसम्म कोरोना भाइरस ‘कोभिड–१९’ का कारण मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ।
मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाका कारण १६ हजार ५५८ को मृत्यु भइसकेको छ।
हालसम्म १ सय ८६ भन्दा बढी मुलुकमा फैलिएको कोरोनाका कारण ३ लाख ८१ हजार ७६१ जना बिरामी भएको पुष्टि भएको छ।
Shares
प्रतिक्रिया