भारतबाट फर्केका सयभन्दा बढी नेपाली सीमावर्ती पानीट्यांकी नाकामा अलपत्र परेका छन्।
मगलबार बिहानै पानीट्याकी आइपुगेका उनीहरु नेपाल प्रवेशको अनुमति पर्खिरहेका छन्। इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले काँकडभिट्टा नाका बन्द रहेको र भारतको पानीट्यांकी बजारमा सयको सख्यामा नेपालीहरु रोकिएको भारतीय प्रहरीले जानकारी गराएको बताए।
नाकाबाट कसैलाई पनि प्रवेश गराउन आदेश नभएको प्रनाउ पोखरेलले बताए। हिजो सोमबार काँकडभिट्टामा यसैगरी भारतबाट आइपुगेका ७३१ जनालाई नेपाल प्रवेशको अनुमति दिइएको थियो।
नेपालबाट भारत जान सीमामा जम्मा भएका दुई हजार २३६ जना भारतीय नागरिकलाई समेत सोमबार जान अनुमति दिइएको थियो। रासस
प्रतिक्रिया