लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएका ४० वर्षीय नेपाली प्रशान्त अर्यालको आइतबार राती निधन भएको छ।
लण्डनको प्लमस्टिडका बासिन्दा अर्याल शनिबार अस्वस्थ भएपछि उपचारका लागि एम्बुलेन्समा क्वीन एलिजावेथ अस्पताल लगिएको थियो।
तर आइतबार राती उनलाई मृत घोषणा गरेका चिकित्सकले मृत्युको कारण खुल्न तीन दिन लाग्ने बताएको पारिवारिक स्रोतले जनाएको छ।
चितवनको बसैनी घर भएका अर्याल करिब २४ वर्षदेखि लण्डनमा बस्दै आएका थिए।
चितवन एड ट्रष्ट युकेका अध्यक्ष जीवन सेनका अनुसार अस्पतालले परिवारका सदस्यलाई अर्यालको निधन भएको जानकारी दिएपनि शव हेर्न दिएको छैन। अर्यालका श्रीमती, एक छोरा र एक छोरी छन्।
प्रतिक्रिया