ad ad

समाज


कञ्चनपुरमा १५ वर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ

कञ्चनपुरमा १५ वर्षीया बालिका बलात्कृत, दुई जना पक्राउ

गोकुल जोशी
चैत ५, २०७६ बुधबार १४:४७,

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी ननगरपालिकामा दुई जना युवा पक्राउ परेका छन्।

बालिकाको उजुरी दिएपछि तिनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलले जानकारी दिए।

‘जबरजस्ती करणीको उजुरीका आधारमा दुई जना पक्राउ परेका छन्। अहिले नै सबै विवरण आइपुगिसकेको छैन,’ उनले भने, ‘पीडितले दिएको जाहेरीको आधारमा नियन्त्रणमा लिएका छौँ, घटनाको अनुसन्धान भइरहेको छ।’

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा बेलौरी नगरपालिका–२ का २१ वर्षीय सन्दीप भण्डारी र बेलडाँडी गाउँपालिका–१ का २३ वर्षीय महेश चन्द छन्।

उनीहरुलाई मंगलवार राति इलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको हो। उनीहरु विरुद्ध बेलौरी नगरपालिका–६ की एक १५ वर्षीया बालिकाले फागुन ३ गते जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्।

आफूलाई विभिन्न प्रलोभन देखाएर चैत्र २ गते राति बेलडाँडी गाउँपालिका–१ का महेश चन्दले आफ्नै घरमा लगेर बलात्कार गरेको र अर्का आरोपी सन्दीप भण्डारीले तीन महिनाअगाडि जबरजस्ती बलात्कार गरेको ती बालिकाको आरोप छ।

पक्राउ परेकामाथि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .