ad ad

समाज


छ किलो चरेससहित कलंकीबाट एक भारतीय पक्राउ

छ किलो चरेससहित कलंकीबाट एक भारतीय पक्राउ

नेपालखबर
चैत ५, २०७६ बुधबार २:१७,

छ किलो १५० ग्राम चरेससहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ कलंकीबाट गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलंकीको एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मंगलबार साँझ पक्राउ गरेको हो।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा उनको साथबाट चरेस बरामद गरिएको जानकारी दिए। अन्सारीमाथि आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ।

उनलाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .