ad ad

छापा खबर


दुई सय ट्रक एक महिनादेखि केरुङ नाकामा, कुहिन थाले स्याउ

दुई सय ट्रक एक महिनादेखि केरुङ नाकामा, कुहिन थाले स्याउ

नेपालखबर
चैत ५, २०७६ बुधबार १:३२,

चीनबाट फलफूल बोकेर आएका दुई सय ट्रक रसुवाको केरुङ नाकामा एक महिनादेखि रोकिएका छन्।

चीनमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सरकारले केरुङ नाका बन्द गरेसँगै फलफूल लिएर आएका ट्रक अलपत्र परेका खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

नाका बन्द भएपछि फलफूल, लत्ताकपडा लगायतका अन्य सामान बोकेर आएका गाडी नाकामा रोकिएका छन्।

फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले स्याउ र लसुन बोकेर आएका दुई सय ट्रक एक महिनादेखि नाकामै अलपत्र परेको बताए।

सामान छुटाउनका लागि सरकारसँग पटकपटक पहल गरेपनि अहिलेसम्म सुनुवाई नभएको उनको भनाइ छ।

‘स्याउ लामो समयसम्म राख्न नमिल्ने भएकाले कुहिने अवस्थामा पुगेको छ,’ उनले भने, ‘यसबाट व्यवसायीलाई ६५ देखि ७० करोड रुपैयाँ नोक्सान भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .