ad ad

समाज


भण्डारी दम्पती हत्या प्रकरणः छोरा पक्राउ

भण्डारी दम्पती हत्या प्रकरणः छोरा पक्राउ

गोकुल जोशी
चैत ३, २०७६ सोमबार ६:२८,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित बस्ने भण्डारी दम्पती हत्या प्रकरणको अनुसन्धानका लागि छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फागुन १४ गते राति शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित कटान टोलका जयलाल भण्डारी र उनकी श्रीमती धनादेवीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

घटनाको अनुसन्धानका लागि मृतक जयलालका जेठी श्रीमतीतर्फका छोरा भरत भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।

आज १ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ।

पतिपत्नीको हत्या प्रकरण रहस्यमय बन्दै गएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान थालेको थियाे।

जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको आफ्नै घरभित्र हत्या गरेको अवस्थामा शव भेटिएको थियो।

याे पनि: 
भण्डारी दम्पती हत्या प्रकरणः सीआईबीले पनि थाल्यो अनुसन्धान 
भण्डारी दम्पती हत्या प्रकरणः दुधे बालिका अझै बेहोस, टाउकोमा गम्भीर चोट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .