ad ad

समाज


इटली, इरान र दक्षिण कोरियालाई कोरोनाविरुद्धको अभियानमा सहयोग गर्छौः चीन

इटली, इरान र दक्षिण कोरियालाई कोरोनाविरुद्धको अभियानमा सहयोग गर्छौः चीन

नेपालखबर
चैत १, २०७६ शनिबार ८:३९,

चीनका राष्ट्रपति सी चिनफिङले शनिबार कोरोनाग्रस्त मुलुक इटली, इरान र दक्षिण कोरियालाई सक्दो सहयोग गर्ने वाचा गरेको सिन्ह्वाले जनाएको छ।

चीनपछि कोरोनाले सबैभन्दा बढी ग्रस्त मुलुकहरु अन्तर्गत इटली, इरान र दक्षिण कोरिया पर्दछन्।

हालसम्म इटलीमा १७ हजार ६६० जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ १२ सय ६६ को मृत्यु भइसकेको छ। इरानमा ११ हजार ३६४ जना कोरोनाबाट संक्रमित हुँदा ५१४ को मृत्यु भइसकेको छ।

यस्तै दक्षिण कोरिायमा भने ८ हजार ८६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ मृतकको संख्या ७२ पुगेको छ।

चीनले इटलीमा कोरोनाविरुद्ध लड्न ९ विज्ञको टोलीसहित २० टन औषधिजन्य सामाग्री पठाइसकेको छ।

हालसम्म विश्वभर १ लाख ४५ हजार ८७० कोरोनाबाट संक्रमित बनेका छन्। ५ हजार ४३८ को मृत्यु भइसक्दा ७२ हजार ५५१ उपचारपछि स्वस्थ भएका छन्।

चीनमा मात्र ८० हजार ८२४ संक्रमित छन्। त्यहाँ ३१ सय ८९ को मृत्यु भएको छ भने ६५ हजार ५६४ उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .