ad ad

समाज


जब अपहरणमा परे भनेका बालक फूपू–दिदीको घरमा भेटिए...

जब अपहरणमा परे भनेका बालक फूपू–दिदीको घरमा भेटिए...

नेपालखबर
चैत १, २०७६ शनिबार ८:३५,

छोरा अपहरणमा परेको भन्दै प्रहरीमा गलत उजुरी दिने एक जना पक्राउ परेको छन्।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको डाक्नेशवरी नगरपालिका–९ का जसर मिया रहेकाे प्रहरीले जनाएकाे छ।

मियाले शुक्रबार मोटरसाइकलमा आएका व्यक्तिले घरबाटै १२ वर्षीय छोरा ज्याउद्दिन खानको अपहरणमा परेको भन्दै सुरक्षा बेस क्याम्प पथ्थरगाडामा मौखिक उजुरी दिएका थिए। उनले आफूहरु घरमा बसीरहेको समयमा अर्को कोठामा सुतिहरेको छोरालाई मोटरसाइकलमा आएको व्यक्तिले लगेको र बच्चाहरु रोइकराइ गरेपछि थाहा पाएको भन्दै उजुरी दिएका थिए।

मियाको मौखिक उजुरीपछि तत्काल जिल्ला प्रहरी कार्यालय सप्तरी, इलाका प्रहरी कार्यालय पातो र सुरक्षा बेसक्याम्प पथ्थरगाडाको टोलीले खोज्दा बालक फूपूदिदीका घरका गइ बसेको फेला पारेको थियो।

पछि बालकलाई बोलाई सोधपुछगर्दा आफूलाई कसैले अपहरण नगरेको र आफू फूपूको घरमा गएको बताएको प्रहरीले जनाएको छ।

बालक अपहरणमा परेको भन्दै गलत उजुरी दिएको भन्दै प्रहरीले मियालाई पक्राउ गरेको छ। अहिले उनलाई जिप्रका सप्तरीको हिरासतमा राखिएको प्रहरी जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .