ad ad

समाज


राष्ट्रपति ट्रम्पलाई कोरोनाको परीक्षण आवश्यक छैनः ह्वाइट हाउस

राष्ट्रपति ट्रम्पलाई कोरोनाको परीक्षण आवश्यक छैनः ह्वाइट हाउस

नेपालखबर
चैत १, २०७६ शनिबार ६:३५,

सीएनएनका अनुसार राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका चिकित्सकहरुले ट्रम्पले क्वारेन्टाइनमा बस्न नपर्ने र उनलाई कोरोना परीक्षणको आवश्यकता नभएको बताएका हुन्।

अमेरिका भ्रमणमा रहेका ब्राजिलका तीन प्रतिनिधिलाई कोरोना संक्रमणको पुष्टि भएको छ। तीमध्ये एक प्रतिनिधिले ट्रम्पसँग गत शनिबार भेटवार्ता गरेका थिए। उनीहरुलेसँगै खाना खाएका थिए।

यसबीचमा ट्रम्पलाई कोरोनाको संक्रमण नभएको र उनलाई परीक्षणको आवश्यकता नभएको ह्वाइट हाउसले बताएको हो।

हालसम्म अमेरिकामा २ हजार ३२९ जनामा कोरोनाको पुष्टि भएको छ। त्यहाँ मृतकको संख्या ५० पुगेको छ।

कोरोनाको प्रभाव बढ्दै जाँदा ट्रम्पले शुक्रबार संकटकाल घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .