समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भाइरसको प्रकोप फैलिएका कारण विद्यालययहरु तत्काल बन्द गर्न सुझाब दिएका छन्।
भारतमा कोरोना फैलिएका भन्दै उनले खुला सीमा भएको नेपालले उच्च सतर्कता अपनाउनु पर्नेमा हेलचक्र्याइँ बढ्दै गएको बताएका छन्।
भिडबाट कोरोना छिटो फैलिने भएका कारण विद्यालयहरु तत्काल बन्द गर्नुपर्नेमा कतिपय विद्यालय परीक्षाको बहानामा सञ्चालन हुँदै आएको उनकाे भनाइ छ। सरकारले पनि परीक्षा छिटो गर्न आग्रह गर्दै विद्यालय बन्द गर्न कुनै पहल गरेको छैन।
शनिबार सामाजिक सञ्जाल टिवटरमार्फत भट्टराईले भनेका छन्, ‘कोरोना भाइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीव्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिँ स्कुल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो? छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ? सत्ताधारी कमरेडहरूको ध्यान जाला?’
— Baburam Bhattarai (@brb1954) March 14, 2020कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो?छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ?सत्ताधारी कमरेडहरूको ध्यान जाला?
शनिबार बिहानसम्म भारतमा कोरनाको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। नेपालमा अहिलेसम्म एक जनामा मात्र यो भाइरसको संक्रमण भेटिएको प्रमाणित भएको र उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्। खुला सीमाका कारण नेपाल–भारत आवतजावत बढी हुने भएका कारण पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सावधानी अपनाउन आग्रह गरेका हुन्।
Shares
प्रतिक्रिया