ad ad

समाज


कोरोनाबाट इटालीमा एकै दिन २५०, इरानमा ८५ जनाकाे मृत्यु

कोरोनाबाट इटालीमा एकै दिन २५०, इरानमा ८५ जनाकाे मृत्यु

नेपालखबर
चैत १, २०७६ शनिबार ३:१२,

विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण इटालीमा एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ। यस्तै इरानमा पनि एकै दिन ८५ जनाको ज्यान गएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममका अनुसार योसँगै कोरोना संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ।

कोरोना भाइरसको उद्गमस्थल चीनपछि सबैभन्दा बढी यसको संक्रमण हुने देश इटली नै हो। अहिलेसम्म यहाँ १७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण भएको छ।

यस्तै सोही संक्रमणबाट शुक्रबार एकै दिन इरानमा ८५ जनाको मृत्यु भएको छ।

इरानका स्वास्थ्य अधिकारीहरूका अनुसार योसँगै इरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय १४ पुगेको छ।

यस्तै संक्रमितको संख्या ११ हजार ३६४ पुगेको इरानका सञ्चारमाध्यमले जनाएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण स्पेनमा ४७, फ्रान्समा १८, अमेरिकामा ७ र दक्षिण कोरियामा ५ जनाको मृत्यु भएको छ।

कोरानाका कारण चीनमा अहिलेसम्म सबैभन्दा धेरै ३ हजार १ सय ७७ जनाको मृत्यु भएको छ। शुक्रबार भने चीनमा कोरोनाका कारण एक जनाको पनि मृत्यु भएको छैन। संक्रमण १० जनामा भेटिएको छ।

कोरोना संक्रमणबाट हालसम्म विश्वभर ५ हजार ४ सय १८ जनाको मृत्यु भएको छ। तीमध्ये शुक्रबार मात्रै ४ सय ३६ जनाको मृत्यु भएको हो।

हालसम्म विश्वभर १ लाख ४५ हजार ४ सय ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ती मध्ये १० हजार ८ सय ६७ नयाँ संक्रमित हुन्। ७१ हजार संक्रमित निको भएर घर फर्केका छन्।

गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय २९ देशमा फैलिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .