ad ad

समाज


आज असिना-पानी, हावाहुरीको सम्भावना, पश्चिमभन्दा पूर्वमा

आज असिना-पानी, हावाहुरीको सम्भावना, पश्चिमभन्दा पूर्वमा

नेपालखबर
चैत १, २०७६ शनिबार १:२७,

पश्चिमी वायुको प्रभावले आज (शनिबार) देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पूर्वका केही स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ।

‘अहिले पूर्वका ताप्लेजुङ, धनकुटालगायत क्षेत्रमा वर्षा भइरहेको छ,’ शनिबार बिहान मौसमविद् पौडेलले नेपालखबरसँग भने, ‘अहिले मुख्य सिस्टम (पश्चिमी वायुको)पूर्वतिर केन्द्रित छ, त्यही भएर अन्य क्षेत्रमा भन्दा आज त्यतै (पूर्व) बढी वर्षा तथा हिमपातको सम्भावना छ।’

पश्चिम र मध्य क्षेत्रमा पनि वर्षाको सम्भावना त छ तर पूर्वको तुलनामा कम रहेको मौसमविद् पौडेलेको भनाइ छ।

पूर्वी क्षेत्रमा भने आज असिनापानसहित हावाहुरी आउने सम्भावना छ।

‘त्यस्तो धेरै ठूलो त नआउनला तैपनि सामान्य सतर्कता अपनाउन आवश्यक छ,’ उनले भने।

पश्चिमी वायुको पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतिर सरेकाले पश्चिमतिर भने मौसम क्रमशः सुधार हुने क्रममा रहेको वरिष्ठ मौसमविद् पौडेलले जानकारी दिए।

तर यो प्रिमनसुन अवधिमा स्थानीय वायुको समेत प्रभाव रहेकाले पश्चिम र मध्य क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ।

यस्तै आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताए।

अहिले काठमाडौं उपत्यकासहित देशभरको मौसम बदली भएकाले वर्षाको सम्भावना अहिलेदेखि नै रहेको अर्का मौसमविद् विभूति पोखरेलले बताइन्।

महाशाखाले शनिबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ :  

देशका केही स्थानमा मेघगर्जन/चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .