ad ad

समाज


मेयर दाहालको संयोजकत्वमा कोरोना रोकथाम समिति गठन

मेयर दाहालको संयोजकत्वमा कोरोना रोकथाम समिति गठन

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार ८:७,

भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ।

महानगरमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाका संयोजक सदस्य सचिव रहने गरी समिति गठन गरेको हो।

महानगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै यसको रोकथामका लागि समन्वय समिति गठन गरेको हो। बैठकले महानगरका सबै वडामा वडास्तरीय समन्वय समिति गठनका लागि अनुरोध गर्नुका साथै सूचनामूलक क्रियाकलाप गर्न गराउन आग्रहसमेत गरेको छ।

बैठकमा सहभागी स्वास्थ्य शाखा सहसंयोजक सूर्य तिवारीका अनुसार कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी चिकित्सकीय टाक्स फोर्स गठन गर्ने निर्णयसमेत गरिएको छ। यस्तै महानगरपालिकाभित्र रहेका सरकारी तथा निजी अस्पतालमा आइसोलेसन वाड (छुट्टै कक्ष) तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको तिवारीले जानकारी दिए।

बैठकमा जिल्लामा संक्रमणको खतरा र यहाँ अपनाइएका सावधानीका बारेमा महानगरका स्वास्थ्य विज्ञ डा. भोजराज अधिकारी, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य, चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल, निजी अस्पताल समन्वय समिति (अफिम)का नारायण सिंह कुँवर, विक्रम अधिकारी लगायतले बोलेका थिए।

सो बैठकले भरतपुर विमानस्थलमा रहेको स्वास्थ्य परीक्षण कक्षालाई निरन्तरता दिने निर्णय समेत गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .