नेपाली युवाहरुको मनोरञ्जनलाई ध्यानमा राखेर डिशहोमले केवर्ल्ड च्यानल सुरु गर्ने भएको छ। केपप, माई लिटल बेबी, रिचम्यान, किंग इन द लभ, मेल्टिङ हार्ट जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रसारण हुनेछ।
यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाइफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ। साथै डिशहोम गो एपमा पनि यो च्यानल हेर्न सकिनेछ।
नेपाली टेलिभिजनको दर्शकमाझ विभिन्न आफ्नै एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गरिरहेको डिशहोमले सञ्चालन गरेको यो च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।
विश्वभरिका युवा पुस्तामाझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्तामाझ पनि निकै लोकप्रिय रहिआएको छ।
प्रतिक्रिया