ad ad

समाज


नीलगिरि गेस्ट हाउसमा पुरुष मृत फेला

नीलगिरि गेस्ट हाउसमा पुरुष मृत फेला

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १५:२८, काठमाडौँ

काठमाडौंको एक गेस्ट हाउसमा एक पुरुष मृत फेला परेका छन्।

काठमाडौं महानगरपालिका-११, भोटेबहालस्थित नीलगिरि गेस्ट हाउसमा सर्लाहीको हरिपुर नगरपालिका-८ घर भएका ६५ वर्षीय शशिकुमार लाल कर्ण मृत फेला परेका हुन्।

यस्तै काठमाडौं, कीर्तिपुरमा पनि एक महिला मृत फेला परेकी छन्।

कीर्तिपुर नगरपालिका-१०, सुन्दरीघाटस्थित बाग्मती नदी किनारमा महिलाको शव फेला परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

अन्दाजी ४५ वर्षीया महिला सोमबार मृत परेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। ती महिलाको पहिचान भने खुल्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .