ad ad

कारोबार


आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

आईकाओको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मन्त्री पाण्डे भारत प्रस्थान

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे


नेपालखबर
भदौ २५, २०८१ मंगलबार १५:२८, काठमाडौँ

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भारतको राजधानी नयाँ दिल्लीमा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ( आईकाओ) को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मंगलबार भारत प्रस्थान गरेका छन्। 

बुधबारबाट नयाँ दिल्लीमा सुरु हुने एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्नेछ।

सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन्। एसिया प्रशान्त क्षेत्रमा नागरिक उड्डयनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुनलागेको सो सम्मेलनको बिहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ।  

उक्त सम्मेलनमा करिब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागिता हुने जनाइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .