ad ad

समाज


चिनियाँ अध्ययन भन्छः बालबालिका पनि कोरोनाको जोखिममा

चिनियाँ अध्ययन भन्छः बालबालिका पनि कोरोनाको जोखिममा

नेपालखबर
फागुन २३, २०७६ शुक्रबार ६:४०,

गुवाङदोङ प्रान्तस्थित सेनजेन शहरमा वैज्ञानिकहरुले गरेको अध्ययनमा त्यस्तो देखिएको एससीएमपीले जनाएको छ।

हालसम्मको तथ्यांकअनुसार वृद्धवृद्धामा कोरोनाको जाखिम बढी देखिएको छ।

केही समय अगाडि सार्वजनिक भएको चिनियाँ सरकारी अध्ययनअनुसार बालबालिकामा कोरोनाको जोखिम शुन्य रहेको बताइएको थियो।

तर, सेनजेनका वैज्ञानिकहरुले बालबालिकामा पनि कोरोना संक्रमणको सम्भावना रहेको बताएका हुन्। जोन्स हपकिन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थ, सेनजेन सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन, हार्बिन इन्स्टीच्युट अफ टेक्नोलोजी एट सेनजेन र पेङ चेङ ल्याबोरेटोलीले यस नयाँ अध्ययन सार्वजनिक गरेका हुन्।

अनुसन्धानकर्ताले कोरोना संक्रमितबाट आफ्ना परिवारमा कोरोना सार्ने सम्भावना १५ प्रतिशतले भएको देखिएको छ।

आम मानिसलाई भने कोरोना संक्रमण हुने सम्भावना ७.९ प्रतिशत भएको बताइएको छ।

अध्ययनका अनुसार १० वर्ष मुनिका बालबालिकामा पनि आम मानिसलाईजस्तै कोरोना सर्ने जोखिम छ। बालबालिकामा कोरोना सर्ने सम्भावना ७.४ प्रतिशतले रहेको अध्ययनले बताएको छ।

सबैले कोरोनाबाट बच्ने उपाय अबलम्बन गर्नुपर्ने वैज्ञानिकहरुले सुझाव दिएका छन्। एजेन्सी

यो पनि:

कोरोनाभाइरसको संकेत देखिए के गर्ने? यस्ता छन् बच्ने उपायहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .