ad ad

समाज


स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा पाँचखपनबाट एकजना पक्राउ

स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा पाँचखपनबाट एकजना पक्राउ

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १९:४९, काठमाडौँ

संखुवासभा प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–२ स्याबुन बस्ने अन्दाजी वर्ष ४० का भिषण जिमी रहेका छन्।

जिमीले पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित नागरिक आरोग्य केन्द्रमा वैध (स्वास्थ्य चौथो तह) को रुपमा कार्यरत एक स्वास्थ्यकर्मीलाई भदौ २ गते अश्लिल गालिगलोज तथा हातपात गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय वाना, संखुवासभाबाट खटिएको प्रहरी टोलीले उनलाई भदौ ३ गते नियन्त्रणमा लिएर उनीमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .