विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक प्रमुख विज्ञले एमपक्स (मंकीपक्स) 'नयाँ कोरोना' नभएको बताएका छन्। किनकि यसको नियन्त्रण गर्ने तरिका पत्ता लागेको उनको भनाइ छ।
डब्ल्यूएचओ युरोपका निर्देशक डा. हान्स क्लुगेले पत्रकारसँग एमपक्स भाइरसको नयाँ संस्करणप्रति चिन्ता रहेको र यस सम्बन्धमा विश्वव्यापी चेतावनी जारी गरिएको बताए। तर मिलेर यसको नियन्त्रण गर्न सकिने उनको दाबी छ।
उनका अनुसार सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यसविरुद्धका खोप अति आवश्यक क्षेत्रमा पुर्याउनु हो, जसले गर्दा आतंक र उपेक्षाको अर्को चक्र तोड्न सकिन्छ।
गत हप्ता स्विडेनमा मंकीपक्सको नयाँ संस्करण क्ल्याड आईबी फेला परेको थियो। यो अफ्रिकामा यसको बढ्दो प्रकोपसँग जोडिएको छ।
मध्य र पूर्वी अफ्रिकामा संक्रामक मंकीपक्स (एमपक्स) को संक्रमण तीव्र गतिमा फैलिरहेको छ।
यसैलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ।
Shares
प्रतिक्रिया