ad ad

समाज


सौर्य एयर दुर्घटनाका घाइते पाइलट शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार, डिस्चार्ज गर्ने तयारी

सौर्य एयर दुर्घटनाका घाइते पाइलट शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार, डिस्चार्ज गर्ने तयारी

नेपालखबर
साउन १७, २०८१ बिहिबार १४:५, काठमाडौँ

गत असार ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएका पाइलट मनीषरत्न शाक्यलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ। काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाका अनुसार, उपचारमा संलग्न चिकित्सकहरूको सल्लाहमा उनको डिस्चार्ज गर्ने तयारी अघि बढाइएको हो।

‘उहाँका स्वास्थ्यस्थिति सामान्य हुँदै गइरहेको छ। हामीले सोचे अनुसार स्वास्थ्य सुधार भएकाले छिट्टै डिस्चार्ज गरेर पठाउँदैछौँ,’ थापाले भनिन्।

घरमै बसेर उनको उपचार निरन्तर भइराख्ने पनि उनले प्रष्ट पारिन्। अहिले पाइटल शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ। 

‘घरमा बसेर पनि उहाँको उपचार हुनेछ। थेरापी, आँखा लगायतको उपचार उहाँको भइरहनुपर्छ। घरमै राखेर उपचार गराउन सकिन्छ भनेर उहाँलाई मेडिकल डक्टरहरूको टिमले घरमै पठाउनेगरी तयारी भइरहेको छ,’ डा. थापाले भनिन्। 

सुरुमा पाइलट शाक्यको मेरुदण्डको अपरेसन गर्नुपर्ने बताइएको थियो। यद्यपि, अन्य विधि प्रयोग गरेर अपरेसनबिनै उपचार भएको अस्पतालले बताएको छ। 

‘एमआरआई गरेपछि अपरेसन नगरी उपचार भएको छ। मेरुदण्डको पनि उपचार आवश्यक परेन,’ डा. थापाले भनिन्। 

बिहीबार पाइलट शाक्यको अवस्थ बुझ्न नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का अस्पताल पुगेका थिए। 

शाक्यसँगको भेटपछि खड्काले भनेका छन्, ‘सम्भवतः चिकित्सको सल्लाह अनुसार आज उहाँको डिस्चार्ज हुँदै हुनुहन्छ।’

खड्कासँगै कांग्रेस सांसद समेत रहेका अस्पतालका प्रमुख डा. सुनील शर्मा पनि पुगेका थिए। 

विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो।

सोही दुर्घटनामा बाँच्न सफल भएका पाइलट शाक्यलाई २३ मिनेटपछि अस्पताल पुर्‍याइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .