संसारका विभिन्न मुलुकमा फैलिसकेको कोरोना भाइरस संक्रमण अफ्रिकी देशमा पनि पुगेकाे छ।
अफ्रिकी मुलुक इजिप्टमा पहिलो कोरोना भाइरस केस फेला परेको इजिप्टका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले शनिबार जनाएको छ।
हालसम्म अफ्रिकाको कुनै पनि मुलुकमा कोरोना भाइरसको संक्रमण देखिएको थिएन।
शनिबार बिहानसम्मको तथ्यांकअनुसार हालसम्म विश्वभर ६७ हजार भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ।
तथ्यांकअनुसार चीनमा मात्र ६६ हजार ४ सय ९२ कोरोनाबाट संक्रमित छन्। ६ सय ५ अन्य २५ भन्दा बढी मूलुकका संक्रमित हुन्।
मृतकको संख्या विश्वभर १५ सय २६ पुगेको छ। चीनमा मात्र १५ सय २३ को मृत्यु हुँदा मुख्य क्षेत्र चीनबाहिर हङकङ, थाइल्यान्ड र जापानमा एक–एक जनाको मृत्यु भएको छ।
चीनको हुपेइ प्रान्तस्थित वुहान शहरबाट फैलन सुरु भएको कोरोनासँग लड्न हाल विश्वभरका वैज्ञानिकले उपचारको पद्धतिबारे अध्ययन गरिरहेका छन्।
प्रतिक्रिया