ad ad

राजनीति


राप्रपाको एजेन्डा बलियो, संगठन कामजोर : अध्यक्ष थापा

राप्रपाको एजेन्डा बलियो, संगठन कामजोर : अध्यक्ष थापा

नेपालखबर
फागुन ३, २०७६ शनिबार ८:३१,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको सम्पूर्ण ध्यान संगठन निर्माणमा लगाउनुपर्ने बताएका छन्। अध्यक्ष थापाले पार्टीले बोकेको एजेन्डा बलियो भएको र संगठन कामजोर हुँदा कार्यान्वयनमा समस्या भएको बताए।

काठमाडौं–५ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले उक्त क्षेत्रलाई संगठनको दृष्टिकोणले मुलुककै नमूना क्षेत्र बनाउन आग्रह गरे।

‘हामीले तातै खाऔँ भनेर अलि हतार गर्यौ, सरकारमा गएको आलोचना भयो, जनताले मन पराएनन्’, उनले भने, ‘विगतको गल्ती र कमजोरीलाई सुधारेर अब राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शवादी पार्टी बनाउनुपर्छ।’

कांग्रेस र कम्युनिस्टले पटक–पटक अवसर पाएर पनि असफलता प्राप्त गरेको भन्दै अध्यक्ष थापाले यी दुवै दलको विकल्पका रुपमा राप्रपालाई स्थापित गराउनुपर्ने आवश्यकता रहेको बताए।

धरातलीय यथार्थलाई मध्यनजर गर्दा राप्रपाले बोकेको नीति, विचार र मार्गचित्र मुलुकको निमित्त उपयुक्त भएको थापाको जिकिर थियो।

कार्यक्रममा पार्टीका कार्य सम्पादन समितिका सदस्य जयकुमार खड्का, केन्द्रीय सदस्य केशव रेग्मी, सुनिता कुरुङ्वाङ, प्रबल नरसिंह राणा, सन्तोष अधिकारी, सुरज अधिकारी र तेजबहादुर गुरुङ लगायतले बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .