ad ad

समाज


कोरोना प्रकाेप : मृतक- १ हजार ४९१, संक्रमित- ६५ हजार २४७ (सूचीसहित)

कोरोना प्रकाेप : मृतक- १ हजार ४९१, संक्रमित- ६५ हजार २४७ (सूचीसहित)

नेपालखबर
फागुन २, २०७६ शुक्रबार ४:४०,

नोवल कोरोना भाइरसका कारण आज (शुक्रबार) बिहानसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुगेको छ।

कोरोना संक्रमणका कारण बिहीबार चीनमा १ सय २३ र जापानमा १ जनाको मृत्यु भएको हो। योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुगेको हो।

यी मृतकमध्ये हङकङ, फिलिपिन्स र जापानका एक/एक जना छन्।

बुधबारको तुलनामा भने बिहीबार मृत्यु तथा संक्रमण दर घटेको छ। बुधबार संक्रमण सुरुभएयता अहिलेसम्मकै धेरै २ सय ४२ जनाको मृत्यु भएको थियो भने झन्डै १५ हजार संक्रमित भएका थिए।

त्यस्तै बिहीबार चीनमा मात्रै थप ४ हजार ८ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

यही दिन जापानमा ५०, सिंगापुरमा ८, हङकङमा ३, अमेरिकामा २ र मलेसिया र भियतनाममा १ १ जनालाई कोरोना संक्रमण भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

शुक्रबार बिहानसम्म विश्‍वरभर गरेर कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ४७ पुगेको छ।

उपचारमा नयाँ विधि लागू गरिएपछि संक्रमण पहिचान हुने क्रम बढेकाे चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले  बताएका छन्।

प्रयोगशालामा पुष्टि भएका मात्रै नभई लक्षण र जोखिमका आधारमा ‘क्लिनिकल्ली पुष्टि भएका’लाई पनि संक्रमितमा राखिएकाले यसकाे संख्या बढेकाे बताइएको छ।

संक्रमण पुष्टि गर्न नयाँ विधि
चीनले नोवल कोरोना संक्रमित पुष्टि गर्न नयाँ विधि लागू गरेको छ।

संक्रमितको अवस्था हेरेर वर्गीकरणको नयाँ प्रणाली लागू गरिएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ।

यसअघि ‘न्युक्लेइक एसिड’ परीक्षणका आधारमा संक्रमण पुष्टि गरिन्थ्यो भने अहिले लक्षण तथा सीटी स्क्यान गर्दा फोक्सोमा असर देखिए मात्र रोग लागेको पुष्टि गर्ने गरिएकाे छ।

भाइरसको उद्गमस्थल चीनकाे हुबेई प्रान्तमा लागू गरिएको नयाँ विधिले संक्रमण निदानको दायरा फराकिलो बनाउने दाबी गरिएको छ।

भाइरस प्रकोप नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै हुबेई र वुहानका उच्च अधिकारी बर्खास्त गरिएकै दिन मंगलबार संक्रमण परीक्षणका लागि नयाँ विधि लागू गर्ने घोषणा गरिएको थियो।

हुबेईले संक्रमितको पहिचान र उपचारलाई तीव्रता दिन संशोधित निदान र उपचार योजना अपनाएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बताएका छन्।

निमोनिया भएका संदिग्धको पहिचान गर्न ‘क्लिनिकल डाइग्नोसिस केस’ नयाँ उपचार प्रणालीमा राखिएकाले जतिसक्दो चाँडो बिरामीबारे जानकारी हुने र संक्रमण पुष्टि भए उपचार गर्न सकिने उनको भनाइ छ।

नयाँ उपचार विधिले संक्रमण तथा मृत्युदर घटाउन सहयोग पुग्ने प्रवक्ता मीको दाबी छ।

मृत्यु/संक्रमित : कहाँ कति?
चीन- १ हजार ४८८ मृत्यु, ६४,६५८ संक्रमित
हङकङ- १ मृत्यु, ५३ संक्रमित
फिलिपिन्स- १ मृत्यु, ३ संक्रमित
जापान- १ मृत्यु, २५२ संक्रमित

संक्रमित मात्र
सिंगापुर- ५८
थाइल्यान्ड- ३३
दक्षिण कोरिया- २८
ताइवान- १८
अस्ट्रेलिया- १५
मलेसिया- १९
जर्मनी- १६
भियतनाम- १६
अमेरिका- १५
फ्रान्स- ११
मकाओ- १०
बेलायत- ९
क्यानडा- ७
यूएई- ८
इटाली- ३
भारत- ३
रुस- २
श्रीलंका- १
कम्बोडिया- १
फिनल्यान्ड- १
नेपाल- १
स्विडेन- १
स्पेन- १
बेल्जियम- १

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .