ad ad

समाज


भक्तपुरमा माटोको ढिस्कोले पुरिँदा १६ वर्षीय किशोरको मृत्यु

भक्तपुरमा माटोको ढिस्कोले पुरिँदा १६ वर्षीय किशोरको मृत्यु

नेपालखबर
फागुन ३०, २०८० बुधबार ५:३७, काठमाडौँ

भक्तपुरमा माटोको ढिस्कोले पुरिँदा एक किशोरको मृत्यु भएको छ। 

मंगलबार दिउँसो चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा माटोको ढिस्कोले पुरिँदा १६ वर्षका किशोरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मृत्यु हुनेमा मकवानपुरको भीमफेदी गाउँपालिका ६ उर्लाबारी घर भई हाल चाँगुनारायणमै डेरामा बस्दै आएका १६ वर्षका जसन स्याङतान छन्। 

चाँगुनारायण नगरपालिका ९ ताथलीमा रहेको ताथली ईको भ्याली रिसोट नजिकै रहेको खाली जग्गामा वाल लगाउनको लागि जग खन्ने क्रममा अचानक माटोको ढिस्कोले किशोर पुरिएका थिए। 

खबर प्राप्त हुनसाथ प्रहरी प्रभाग सुडालबाट गएको प्रहरी टोलीले किशोरलाई उद्धार गरी ख्वप अस्पताल च्यामासिंह  पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

किशोरको शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .