ad ad

समाज


कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ

कोरोना भाइरसबारे स्वास्थ्यकर्मी नै अनभिज्ञ

काशीराम शर्मा
फागुन १, २०७६ बिहिबार ६:५,

विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ डेस्क’ स्थापना भएको छ। कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ।

सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको सो हेल्थ हेस्कमा हरेक दिन एक जना स्वास्थ्य जाँचका लागि खटिन्छन्। तर, कोरोना हेल्थ डेस्क हरेक दिन सुनसान हुने गरेको छ। स्वास्थ्य परीक्षणका लागि कोही नआएपछि स्वास्थ्य परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी कामविहीन हुने गरेका छन्। हेल्थ डेस्कलाई कोरोना भाइरस जाँच गर्ने जिम्मा पनि दिइएको छ। तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना भाइरसको बारेमा बेखबर छन्। हेल्थ डेस्कमा जाँचका लागि खटिएका स्थास्थ्यकर्मी नै अनभिज्ञ देखिएका छन्।

कोरोना भाइरस नयाँ भएकाले राम्रो जानकारी नभएको हेल्थ डेस्कका प्रमुख हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा बताउछन्। उनले भने, ‘कोरोना भाइरस के हो भन्नेबारे म पनि जानकार छैन।’ भाइरस पत्ता लगाउने विधि र आवश्यक उपकरणका बारेमा पनि आफूलाई जानकारी नभएको उनीण्ण् बताउछन्। ‘नयाँ रोग भएकाले के कसरी सर्छ र देखिने लक्षणका बारेमा धेरै स्थास्थ्यकर्मीलाई जानकारी नै छैन’, थापाले भने।

कोरोना भाइरस नयाँ भएकाले यो रोगका बारेमा स्वास्थ्यकर्मीलाई अनुशिक्षण दिनुपर्ने उनको भनाइ छ। उनकाअनुसार कोरोना भाइरसको जाँच गर्नुस् भनेर निर्देशन दिँदैमा हुँदैन, नयाँ रोगको बारेमा स्वास्थ्यकर्मीलाई तालीम दिए मात्र सेवा प्रभावकारी बन्न सक्छ। हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसँग कोरोना भाइरस जाँच गर्ने प्रभावकारी उपकरणसमेत छैनन्।

इन्फ्रारेड थर्मोमिटरको सहायताले कोरोना भाइरसको जाँच गर्दै आएको हेल्थ असिस्टेन्ट थापाले बताए। हेल्थ डेस्क स्थापना भएको एक साता पुगिसकेको छ। तर, अहिलेसम्म २० जनाको मात्रै स्वास्थ्य जाँच गरिएको उनको भनाइ छ। भारतमा कोरोना भाइरस नदेखिएकाले कडाइका साथ जाँच गरिएको छैन।

शंकास्पद व्यक्तिलाई हेल्थ डेस्कसम्म नाकामा खटिएका प्रहरीले लैजाने गरेका छन्। रुघाखोकी र ज्वरो आएकोजस्तो लागेमा हेल्थ डेस्कमा लिएर जाँचका लागि स्वास्थ्यकर्मीको जिम्मा लगाउने गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए।

कोरोना भाइरस जाँचका लागि नाकामा हेल्थ असिस्टेन्टलाई खटाए पनि भारतको उत्तर प्रदेश सरकारले नेपालगञ्ज नाकाअन्तर्गत आफ्नो भूमिमा मेडिकल अधिकृत डा मुकिम अहमदको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ। चिनियाँ नागरिकलाई लक्षित गरी स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको सिएचसी चर्दाका वार्ड असिस्टेन्ट धर्मराज बर्माले बताए।

नेपालबाट भारत प्रवेश गर्ने नागरिकमा कोरोना भाइरस फेला परेमा एम्बुलेन्समार्फत तत्कालै जिल्ला अस्पताल बहराइच पु¥याउने व्यवस्था मिलाइएको उनले बताए। ‘एम्बुलेन्समार्फत बहराइच लगेर शंकास्पद व्यक्तिमा कोरोना भाइरस भए नभएको पत्ता लगाउन पूरै शरीरको जाँच गर्ने गरी स्वास्थ्यकर्मी परिचालन भएका छौँ’, बर्माले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .