ad ad

समाज


भरतमोहन अधिकारीको स्मृतिमा चन्द्रागिरिका विद्यार्थीलाई सिपमूलक तालिम

भरतमोहन अधिकारीको स्मृतिमा चन्द्रागिरिका विद्यार्थीलाई सिपमूलक तालिम

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १०:४५, काठमाडौँ

वामपन्थी नेता स्वर्गीय भरतमोहन अधिकारीको पाचौं स्मृति दिवसको अवसरमा आजदेखि काठमाडौँको चन्द्रागिरिमा विद्यार्थीलाई लक्षित गरेर सिपमूलक तालिम सुरु भएको छ।

‘भरतमोहन अधिकारी स्मृति फाउण्डेशन’ले दिवसका अवसरमा विद्यार्थीलाई लक्षित गरेर तालिम आयोजना गरेको हो।

अधिकारी पुत्री एवं फाउण्डेशनकी सदस्य लीमा अधिकारीका अनुसार  चन्द्रागिरि नगरपालिका–१३ स्थित कंकाली माविका छात्रछात्रालाई आत्मनिर्भर बनाउन सिपमूलक प्राविधिक तालिम आयोजना गरिएको छ। 

विद्यालयका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी विषय विज्ञहरुबाट अंग्रेजी भाषा सिकाईका साथै इलेक्ट्रिक, इलेक्ट्रोनिक, प्लम्बिङ, कम्प्युटर र डिजिटल मार्केटिङसम्बन्धी एक महिने तालिम सुरु गरिएको लीमाले बताइन्। 

नेपालको शिक्षा कामसँग नजोडिएका कारण शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो जस्तो बनेकाले विद्यालय उमेरमै सिप सिकाउन सकिए युवा पलायन रोक्न सकिने उनले बताइन्। 
 

वि.सं.१९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका भरतमोहनको ८२ वर्षको उमेरमा २०७५ साल फागुन १८ गते काठमाण्डौँमा निधन भएको थियो। 

अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेका छन्। २०४७ सालको संविधान मस्यौदा समितिमा रहेर उनले संविधान निर्माणमा महत्वपूर्ण भूमिकासमेत निर्वाह गरेका थिए। 

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा भरतमोहन अर्थमन्त्री थिए। उनले नै ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रममार्फत हरेक स्थानीय तहमा सिधै रकम पठाउने कामको सुरुआत गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .