ad ad

समाज


निर्मला हत्या प्रकरणः धर्नाबाट पक्राउ परेका २ जना छुटे

निर्मला हत्या प्रकरणः धर्नाबाट पक्राउ परेका २ जना छुटे

गोकुल जोशी
माघ २८, २०७६ मंगलबार ११:३०,

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट पक्राउ परेका अधिकारकर्मी सहित ८ जनामध्ये २ जना छुटेका छन्। नियन्त्रणमा लिएकामध्ये २ जना वृद्धा छुटेको डिएसपी रविन्द्र पौडेलले जानकारी दिए।

‘पक्राउ परेकामध्ये दुई जना वृद्धाश्रममा बस्ने वृद्धहरु रहेछन्, उनीहरुलाई हामीले वृद्धाश्रमका कर्मचारीहरुको जिम्मा लगाएका छौँ’, डीएसपी पौडेलले नेपालखबरसँग भने, ‘अन्य ६ जना नियन्त्रणमा छन् ।’

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्याय तथा उपचार खर्चको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी शारदा चन्द लगायत ८ जनालाई मंगलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो। सेवाग्राही तथा सवारी साधनलार्ई प्रशासनसम्म आवातजावत गर्नमा अवरोध सृजना गरेपछि धर्नामा बसेका अधिकारकर्मी चन्द सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
तीमध्ये वृद्धाश्रमका २ जना वृद्धहरुलाई वृद्धाश्रमका कर्मचारीको जिम्मा लगाइएको डीएसपी पौडेल बताउँछन्।

उनका अनुसार जयन्ती बिष्ट र नन्दा सेट्टी छुटेका छन्। अधिकारकर्मी शारदा चन्दलगायत अन्य ६ जना भने हाल पनि प्रहरी नियन्त्रणमा नै छन् । उनिहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा आवातजावतमा अवरोध सृजना गरेको भन्दै अधिकारकर्मी शारदा चन्द, दिलिप बिष्टका दाइ खड्क सिंह बिष्ट, निर्मलाको न्यायिक आन्दोलनका घाइते सुरेन्द्र देउवा लगायत ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .