ad ad

समाज


आज सेयर बजारमा तपाईंको भाग्याङ्क कति? हेर्नुस् फागुन १ गतेको राशिफल

आज सेयर बजारमा तपाईंको भाग्याङ्क कति? हेर्नुस् फागुन १ गतेको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
फागुन १, २०८० मंगलबार ४:४९, काठमाडौँ

आज सोमबार, २०८० साल फागुन महिनाको पहिलो दिन। अंग्रेजी पात्रोअनुसार १घ फेब्रुअरी २०२४। आज कुन राशिलाई कस्तो योग परेको छ त, हेर्नुस् राशिफल-


मेष : ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। औषधि उपचार खर्च पनि बढ्न सक्छ। बेलुकी पख भने हौसला र उत्साह मिल्नेछ।

आज मेष राशिको भाग्यशाली रङ्ग गुलाबी र भाग्यशाली अङ्क ३ रहेको छ भने प्रेम र सम्बन्धमा ४४, व्यापारमा ३९, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। झुट चाहिँ नबोल्नु होला।

वृष : लाभदायक यात्रा होला। न्यायिक कार्यमा सफलता मिल्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आफ्नो प्रयासबाट दीर्घकालीन फाइदा पुग्न सक्छ। व्यापारबाट धन लाभ हुनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ।

भाग्यशाली रङ्ग आकाशे र भाग्यशाली अङ्क २ रहेको छ। यो राशि हुनेहरूलाई आज प्रेम र सम्बन्धमा ३५, व्यापारमा ५१, सेयर बजारमा ४३, वैदेशिक कार्यमा ८५ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ३६ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। हरियो रङ्गको प्रयोग चाहिँ त्यति राम्रो देखिँदैन।

मिथुन : सजिलै अरूको मन जित्न सकिनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। ढिलै भए पनि अधुरा काम सम्पन्न हुन सक्छन्। स्थान परिवर्तनको विशेष योग देखिन्छ तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।

यो राशिको आज भाग्यशाली रङ्ग पहेँलो र भाग्यशाली अङ्क १ रहेको छ।

प्रेम र सम्बन्धमा ५१, व्यापारमा ८०, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ३५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ।

यो राशि हुने आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। भरिसक्के लामो यात्रा नगर्नु होला।

कर्कट : एउटै कामबाट दोहोरो लाभ हुन सक्छ। सम्मान र प्रतिष्ठा प्राप्त हुन सक्छ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। विशिष्ट व्यक्‍तिको भेटघाटले मन प्रसन्न हुनेछ। लक्ष्मी प्रसन्न हुने योग छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६५, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ६० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ भने खरानी रङ्गको प्रयोग नगरेकै राम्रो हुनेछ।

सिंह : क्रोध, प्रतिशोध, रिसराग र उत्तेजनालाई नियन्त्रण गर्नु राम्रो हुनेछ। आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ। प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ। साँझमा वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ।

यो राशिको आज भाग्यशाली रङ्ग निलो र भाग्यशाली अङ्क ३ हो भने प्रेम र सम्बन्धमा ६९, व्यापारमा ५४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सेतो रङ्गको प्रयोग चाहिँ नगर्नु होला।

कन्या : आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। राजनीतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ।

यो राशिको आज भाग्यशाली रङ्ग सेतो वा निलो रहेको छ भने भाग्यशाली अङ्क ९ हो।

त्यस्तै, प्रेम र सम्बन्धमा ७३, व्यापारमा ८६, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ८३ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

कन्या राशि हुनेलाई आज स्वास्थ्यको साथ ७५ प्रतिशत रहनेछ भने यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। खैरो रङ्गको प्रयोग नगरेकै बेस।

तुला : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक यात्राको योग छ। नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन्। शुभारम्भको चर्चा चल्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका छ।

आजको भाग्यशाली रङ्ग पर्पल र भाग्यशाली अङ्क १ रहेको छ।

प्रेम र सम्बन्धमा ७५, व्यापारमा ८१, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ भने तामसिक भोजन नगर्ने।

वृश्चिक : कार्य सिद्धिको योग छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। जोस, जाँगर र हिम्मत बढ्ला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। धार्मिक कार्यमा मन लाग्नेछ। समयको भने ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ्ग सेतो हो भने भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ७७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
आज स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कालो रङ्गको प्रयोग नगर्नु होला।

धनु : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। सुखदुःख बराबरी खालको समय रहनेछ। शुभ कार्यको चर्चा चल्नेछ। आलोचना गर्नेहरूबाट सजग रहनुहोला।

धनु राशिको आजको भाग्यशाली रङ्ग रातो र भाग्यशाली अङ्क ७ हो।

आज प्रेम र सम्बन्धमा ७१, व्यापारमा ८०, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ८१ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य सबलता ८०, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। उत्तर दिशातिरको यात्रा भने त्यति उपयुक्त देखिँदैन।

मकर : स्थानान्तरण र लामो यात्राको सम्भावना छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आज नयाँ कार्यको योजना या थालनी हुनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। सेयर बजारको कारोबारमा राम्रै सफलता मिल्नेछ।

मकर राशिको आज भाग्यशाली रङ्ग गुलाबी वा कालो रहेको छ भने भाग्यशाली अङ्क ८ रहेको छ।

प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६६, सेयर बजारमा ७०,  वैदेशिक कार्यमा ८५ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यो राशि हुनेको आज स्वास्थ्य सबलता ६६ प्रतिशत रहेको छ भने यात्राको सम्भावना ९० प्रतिशत रहेको छ। सम्पूर्ण भाग्याङ्क पनि राम्रै रहेको छ। यो ८५ प्रतिशत रहेको छ।

मकर राशि हुनेले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

कुम्भ : नयाँ ज्ञान सिक्ने मौका पाइएला। शुभकार्यमा सरिक भइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। सेयर बजारबाट लाभ मिल्न सक्छ।

आजको भाग्यशाली रङ्ग हरियो र भाग्यशाली अङ्क ६ हो।

प्रेम र सम्बन्धमा ३५, व्यापारमा ५८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ८१ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यस्तै, स्वास्थ्य अनुकूलता ५१, यात्राको सम्भावना ५५ र सम्पूर्ण भाग्याङ्क ३३ प्रतिशत रहेको छ।

यो राशि हुनेले आज अग्रज व्यक्तिसँग सुझाव लिएर काम गर्दा सफलता पाउन सकिन्छ। दक्षिण दिशाको यात्रा भने नगर्नु होला।

मीन : लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ।

मीन राशिको आज भाग्यशाली रङ्ग घ्यू रङ्ग हो भने भाग्यशाली अङ्क ९ रहेको छ।

यो राशि हुनेलाई आज प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

यो राशि हुनेले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपट गर्नाले भने जोगिइसकेको कुरा फुत्कनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .