ad ad

समाज


लिफ्टबाट खसेर पोखरामा इन्जिनियरको मृत्यु

लिफ्टबाट खसेर पोखरामा इन्जिनियरको मृत्यु

नेपालखबर
माघ १६, २०८० मंगलबार १६:४९, काठमाडौँ

कास्कीको पोखरामा बन्दै गरेको घरको लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो पोखरा महानगरपालिका ६ खहरे चोकस्थित चिनिमाया भण्डारीको बन्दै गरेको निर्माणधीन घरको ५ औं तलाको लिफ्टबाट खस्दा कास्कीको पोखरा महानगरपालिका ८ रत्नचोकका ३७ वर्षीय इन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो।

मंगलबार दिउँसो १ बजेतिर तातो पानीको लागि सर्वे गर्ने क्रममा लिफ्टबाट अचानक खसेर गम्भीर घाइते भएका भट्टराईलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो।

उनलाई साढे २ बजेतिर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

इन्जिनियर भट्टराई पोखरा महानगरपालिका ९ न्युरोडस्थित मुक्ति इनर्जी प्रालिमा कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .