ad ad

समाज


कोरोनाबारे सबैभन्दा पहिले जानकारी दिने डाक्टरको पनि त्यसकै संक्रमणले मृत्यु

कोरोनाबारे सबैभन्दा पहिले जानकारी दिने डाक्टरको पनि त्यसकै संक्रमणले मृत्यु

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ३:४६,

सबैभन्दा पहिले कोरोना भाइरसबारे जानकारी दिने चिनियाँ डाक्टरको पनि त्यही भाइरसकै संक्रमणटबाट निधन भएको छ।

चीनको उहान सेन्ट्रल हस्पिटलमा कार्यरत डा. ली वेनलियाङको कोरोना भाइसरकै संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

उक्त हस्पिटलमा कार्यरत लीलाई त्यहीँ कोरोना भाइरसकाे संक्रमण भएकाे थियाे। 

३४ वर्षीय लीले आफ्ना सहकर्मीहलाई गत डिसेम्बर ३० मा भाइरस संक्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए।

नयाँ वर्षको छेकोमा उहान सहरमा अधिकारीहरूले कोरोना भाइरससँग सम्बन्धित समाचार ढाकछोप गर्न खोजेका थिए।

उनको मृत्युबारे विरोधाभासपूर्ण विवरण आएका छन्।

तर चीनको पीपल्स डेलीले उनको मृत्यु स्थानीय समयानुसार शुक्रबार बिहान ३ बज्न लाग्दा भएको उल्लेख गरेको बीबीसीले जनाएको छ।

चीनमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा ६३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३१,००० भन्दा बढीलाई सङ्क्रमण भएको छ। बिहीवार मात्रै ७३ जनाको मृत्यु भयो।

उक्त भाइरसले श्वासप्रश्वासमा समस्या उत्पन्न गराउँछ। सङ्क्रमित व्यक्तिलाई ज्वरो आउँछ अनि सुक्खा खोकी लाग्छ। अधिकांश व्यक्ति सङ्क्रमणपछि सामान्य रुघाखोकीमा जस्तै निको हुन्छन्।

याे पनि : 

कोरोनाबारे जानकारी दिने डाक्टरलाई पहिले 'हल्लाबाज' भनियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .