ad ad

समाज


‘तपस्वी’ बमजन पक्रन प्रहरी बिहानै पुग्यो सिन्धुलीको आश्रम

‘तपस्वी’ बमजन पक्रन प्रहरी बिहानै पुग्यो सिन्धुलीको आश्रम

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ३:१२,

बलात्कार, हत्या, हिंसासम्बन्धी विभिन्न आरोप लागेका ‘तपस्वी’ रामबहादुर बमजन पक्रन प्रहरी शुक्रबार बिहानै सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ।

सिन्धुली जिल्ला प्रहरी कार्यालयकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जु सिग्देलका अनुसार बमजन पक्राउ गर्न प्रहरी टोली शुक्रबार बिहानै उनको आश्रम पुगेको हाे। 

‘बिहानै गएको प्रहरी टोलीले बमजन खोजिरहेको छ तर अहिलेसम्म भेटिएकाे छैन,’ नेपालखबरले पुन: बिहान पौन १० बजेतिर टेलिफोन सम्पर्क गर्दा एसपी सिग्देलले  भनिन्, ‘टोली अझै  फर्किएको छैन, फर्किएपछि मात्रै थप कुरा बताउन सक्छु।’

उनलाई पक्राउन गर्न सर्लाही जिल्ला अदालतबाट बिहीबारै अनुमति लिइएको प्रहरी स्राेतले जानकारी दिएकाे छ। 

बमजनले एक आनीलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितले सर्लाही जिल्ला अदालतमा बिहीबार मुद्दा हालेपछि अदालतले पक्राउ अनुमति दिएकाे प्रहरीले जनाएकाे छ।

सर्लाही प्रहरीकाे अनुराेधमा सिन्धुली प्रहरीले बमजन पक्राउ गर्न खाेजी गरेकाे हाे।

बमजनविरुद्ध यस्ता छन् आरोप
‘तपस्वी’का रूपमा चर्चा कमाएका बाराका रामबहादु बमजनविरुद्ध एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायी बेपत्ता पारेको र कम्तीमा एक आनीलाई बलात्कार गरेको आरोप छ।

आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूललमाया रूम्बा ‘तपस्वी’ बमजनका आश्रमबाट बेपत्ता पारिएका छन्।

त्यस्तै बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि सिन्धुलीस्थित बमजनको आश्रमबाट हराइरहेका छन्। बमजनको आदेशमा वाइबालाई कुटीकुटी मारिएको दाबी गरिएकाे छ।

त्यस्तै बमजनले आनी गंगामाया तामाङलाई बलत्कार गरेको आरोप छ। गंगामायाले डेढवर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूलाई बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्।

अहिले गंगामाया काठमाडौंमै रहेको बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .