ad ad

समाज


कोरोना अपडेटः मृतकको संख्या ५६५, संक्रमित २८ हजारभन्दा बढी

कोरोना अपडेटः मृतकको संख्या ५६५, संक्रमित २८ हजारभन्दा बढी

नेपालखबर
माघ २३, २०७६ बिहिबार ३:३९,

चीन र अन्य दुई मुलुकमा गरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५ पुगेको छ।

भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एक/एक जनाको मृत्यु भएको हो।

चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। चीन र अन्य २ दर्जन मुलुकमा गरी काेराेना संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ।

बुधबार मात्रै चीनमा थप ३ हजार ६ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो।

त्यस्तै मंगलबार करिब ३ हजार ९ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। 

याे पनिचिनियाँ राष्ट्रपतिले भनेः कोरोनाको संक्रमण नियन्त्रण गर्न हामी सक्षम छौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .