ad ad

छापा खबर


आस्था राउतका बुबा भन्छन्ः मेरी छोरी हक्की छे, झडङ्ग रिसाइहाल्छे

आस्था राउतका बुबा भन्छन्ः मेरी छोरी हक्की छे, झडङ्ग रिसाइहाल्छे

नेपालखबर
माघ २३, २०७६ बिहिबार ४:१२,

पुराना लोकगायक हरिबहादुर राउत उनको प्रतिभाका कारणले भन्दा पछिल्लो समय गायिका आस्था राउतका बुबाका रूपमा परिचित हुन थालेका छन्।

गएको माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनाका विषयमा आस्थालाई अभद्र व्यवहारसम्बन्धी मुद्दा लागेको छ।

यो घटनालगायत अन्य विषयमा उनीसँग प्रजु पन्तले लिएको अन्तर्वार्ता आज बिहीबारै प्रकाशित शुक्रबार साप्ताहिकमा छापिएको छ।

प्रस्तुत छ केही अंश :

हुन त बुबाआमाले छोराछोरीको व्यवहारमा गलत लाग्दैन तर पनि छोरीको स्वभाव कस्तो हो भन्ने लाग्छ?
मेरी छोरी हक्की छे, झडङ्ग रिसाउँछे। उसलाई नराम्रो किसिमले नभनेसम्म केही प्रतिक्रिया हुँदैन। तर निदाएको बाघलाई जिस्क्याए के हुन्छ? आफ्नै संसारमा बस्ने मान्छे हो, अन्याय सहन्न, ऊ प्रतिवाद गरिहाल्छे।

कसरी बनाउनुभयो यस्तो?
त्यो निडर बनाउने काम हाम्रो हो। नम्रतासहितको निडरता। गायिकाहरूमा स्पष्टसँग कुरा राख्न सक्ने मान्छे हो भन्ने मलाई लाग्छ। हामीले अनुसशानसहितको स्वतन्त्र बनाएका हौं।

आफैं पनि लोकगायक तर गायिका आस्था राउतका बाबु भनेर अहिलेको पुस्तामा चिनिँदा कस्तो लाग्छ?
मेरो पुस्ताले मेरी छोरी भनेर चिन्छ उसको पुस्ताले आस्था राउतको बुवा भनेर चिन्छ। असल छोरीको बाउ भनेर चिनिँदा खुसी लाग्दैन होला र?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .