ad ad

समाज


कोरोना भाइरसः अमेरिकासँग रुष्ट बनेको चीनले जापानलाई धन्यवाद दियो

कोरोना भाइरसः अमेरिकासँग रुष्ट बनेको चीनले जापानलाई धन्यवाद दियो

नेपालखबर
माघ २२, २०७६ बुधबार १०:२८,

कोरोनाको प्रकोपले स्तब्ध बनेको समयमा जापानले देखाएको समर्थन र सद्भावप्रति चीनले जापानलाई धन्यवाद दिएको हो।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले मंगलबार भनिन्,‘दुखको समयमा जापानी सरकारले देखाएको माया र सद्भावले हामी निकै खुशी भएका छौं।’

जापानले मास्क, चश्मा लगायतका सामाग्री चीनलाई पठाएर गुण लगाएको चुनयिङले बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

‘केही देशले देखाइरहेको विभेदकारी प्रवृत्तिबीच जापानी कार्य उदाहरणीय छ’ उनले भनिन्।

केही दिन अगाडि मात्र चीनको विदेश मन्त्रालयले अमेरिकी कार्यले विश्वभर कोरोना भाइरसबारे त्रास मात्र फैलिएको आरोप लगाएको थियो।

कोरोनाको त्रासका कारण अमेरिकाले चीनका कुनै नागरिकलाई अमेरिकामा तत्कालको लागि प्रवेश गर्न नदिने बताएको छ।

साथै चीन भ्रमण गरेका विदेशी नागरिकलाई पनि भिसा नदिने अमेरिकाले बताएको छ।

अमेरिका जस्तो सक्षम देशले नचाहिँदो निर्णय गरेर उ आफ्नो जिम्मेवारीबाट टाढा हटेको चीनले बताएको थियो।

चीनले आफ्नो दुखमा अमेरिकाले साथ नदिएको संकेत गरेको थियो।

बुधबारसम्म नोबल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९२ पुगेको छ। चीनमा मात्रै ४९० जनाको मृत्यु भएको हो।

यस्तै फिलिपिन्समा एक र हङकङमा एक व्यक्तिको मृत्यु भएको छ। बुधबार बिहानसम्मको तथ्यांक अनुसार कोरोनाको संक्रमणबाट २४ हजारभन्दा बढी संक्रमति बनेका छन्।

२४ हजार ५ सयमा कोरोना देखिँदा चीनमा मात्र २४ हजार ३ सयभन्दा बढीमा यसको संक्रमण देखिएको सीएनएनले जनाएको छ।

चीनबाहेक कोरोना २६ राष्ट्रमा फैलिसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई मध्नजर गर्दै सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलन सुरु भएको यस भाइरस विश्वभर फैलन सुरु भएपछि चीनबाट आफ्ना देशका नागरिकलाई फिर्ता गर्न विभिन्न देशले पहल कदमी सुरुवात गरेका छन्।

अमेरिकामा कोरोनाको संक्रमण ११ जनामा देखिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .