ad ad

राजनीति


मोदीले भने : छिमेकी देशको सुरक्षा गर्नु पनि भारतको जिम्मेवारी

मोदीले भने : छिमेकी देशको सुरक्षा गर्नु पनि भारतको जिम्मेवारी

नेपालखबर
माघ २२, २०७६ बुधबार १०:३०,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकी देशहरुको सुरक्षा गर्ने जिम्मेवारी पनि भारतको भएको बताएका छन्।

सोमबार लखनउमा ‘डिफेन्स एक्स्पो’को उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले भारतले सधैँजसो विश्व शान्तिको सन्देश दिएको र कसैमाथि पनि हमला नगरेको बताए।

उनले दोस्रो विश्वयुद्धमा भारतका हजारौँ युवा सहिद भए पनि त्यो लडाईं देशका लागि नभएको बताए।

‘हामी त्यस्तो क्षेत्रमा छौँ जहाँ हामीमाथि आफ्नो साथसाथै छिमेकीहरूको पनि सुरक्षाको उत्तरदायित्व छ’, उनले भने, ‘भारतले सधैं विश्व शान्तिको सन्देश दिएको छ। हामीले कसैलाई आक्रमण गरेका छैनौं। हाम्रा हजारौं सैनिकहरू दुई विश्वयुद्धमा सहिद भए। तर, त्यो लडाईं हाम्रा लागि थिएन।’

प्रधानमन्त्री मोदीले रक्षा एक्स्पो लखनऊ आफ्ना लागी डबल खुसीको कुरा भएको बताए। उनले पछिल्लो समय भारतले प्रतिरक्षाका क्षेत्रमा ठूलो प्रगति गर्दै गएको बताउँदै यो एक्स्पोले पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेइको सपना पूरा गरेको बताए।

उनले यो एक्स्पो भारतकै सबैभन्दा ठूलो एक्स्पो भएको दावी गर्दै यसको ऐतिहासिक महत्वको भएको बताए।

कार्यक्रममा प्रधानमन्त्री मोदीले भने, ‘भारतले आजको विश्वमा २१ औं शताब्दीको नेतृत्व गरिरहेको छ। यो भारतको विशालता, व्यापकता र विविधताको जीवित प्रमाण हो। सुरक्षा र रक्षाको क्षेत्रमा भारत ठूलो भूमिकाका साथ अगाडि बढिरहेको छ, यसले भारतको विश्वास बढाउनेछ।’

उनले भारतले आफ्नो आवश्यकताका आधुनिक हतियार आफै बनाइरहेको र विश्वका अन्य देशहरूले पनि भारतका उत्पादन लिन लागेका जानकारी दिए। ‘पछिल्ला दुई वर्षमा, भारतले १७ हजार करोड रुपैयाँ बराबरको प्रतिरक्षा सामग्री निर्यात गरेको छ, हामी यसलाई ५ वर्षमा ३५ हजार करोड रुपैयाँसम्म विस्तार गर्न चाहन्छौं। हाम्रो नीति केवल आयातमा केन्द्रित थियो, अब यो परिवर्तन गर्नुपर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .