ad ad

समाज


कोरोना संक्रमितका लागि बनेको चीनको अस्पताल सोमबारदेखि खुला

कोरोना संक्रमितका लागि बनेको चीनको अस्पताल सोमबारदेखि खुला

नेपालखबर
माघ २०, २०७६ सोमबार ८:१६,

दश दिनमा निर्माण सम्पन्न भएको यस अस्पतालमा उपचार गराउन एक कोरोना संक्रमित अस्पतालमा भर्ना भइसकेको स्काइ न्युजले जनाएको छ।

कोरोनाको उद्गमस्थल मानिएको हुबेईको वुहान शहरमा यस अस्पताल निर्माण भएको छ। यस होउसेनसान अस्पतालमा अब बाँकी ९९९ कोरोना संक्रमितको पनि उपचार हुनेछ।

चीनमा कोरोनाको संक्रमणबाट ३६१ जनाको मृत्यु भइसक्दा यो अस्पताल खुला भएको हो। चीनमा १७ हजार २ सय जना कोरोनाबाट संक्रमित बनेका छन्।

चीनले पहिलो कोरोना अस्पताल सन्चालन गरिसक्दा दोस्रो १५ सय शय्याको अस्पताल पनि निर्माण भइरहेको छ।

त्यो पनि चाँडै सन्चालनमा आउने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .