ad ad

समाज


जाजरकोटमा फेरि गयो भूकम्प

जाजरकोटमा फेरि गयो भूकम्प

फाइल फाेटाे : कात्तिक १७ गते रातिको भूकम्पले जाजरकोटमा भत्किएका घर।


नेपालखबर
कात्तिक २८, २०८० मंगलबार २१:४९, काठमाडौँ

जाजरकोट केन्द्रबिन्दु भएर आज (मंगलबार) फेरि भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले राति ९ बजेर १५ मिनेट जाँदा जाजरकोटको पैंक केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको परकम्प गएको हो। 

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएयता पटकपटक परकम्प गइरहेका छन्। 

कात्तिक १७ गते भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५४ जनाको मृत्यु भएको थियो भने ४ सय जनाजति घाइते भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .