काठमाडौं निम्न व्यापारी संघले जाजरकोट भूकम्प पीडितका लागि संकलित राहत सामग्री हस्तान्तरण गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं समाज कल्याण परिषद्का अध्यक्ष सुरेन्द्र आचार्यको उपस्थितिमा आज हस्तान्तरण गरेको छ।
समाज कल्याण परिषद्को सक्रियतामा काठमाडौं निम्न व्यापारी संघ, खुल्ला बजार भृकुटीमण्डप काठमाडौंले ती सामग्री मन्त्रीको उपस्थितिमा हस्तान्तरण गरी जिल्ला व्यवस्थापन समितिलाई उपलब्ध गराउने छ।
सो अवसरमा मन्त्री आचार्यले भूकम्पबाट धेरैजसो महिला र बालबालिका प्रभावित भएको बताउँदै प्राकृतिक विपत्तिको यस दुःखको घडीमा सघाउन सरकार सदैव पीडित जनताको साथमा रहेको बताए।
संकलित सामग्रीमा लेडिज हाइनेक, ट्राउजर, पोलर ब्ल्याङकेट, पछ्यौरा, रिभरसिभर जाकेट, बच्चाको पाईन्ट, जेन्स टोपी, लेडिज र बच्चाको टोपी र सेनिटर प्याड लगायतका सामग्री छन्।
Shares
प्रतिक्रिया