गत शुक्रबार जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घाइते भएकाहरूको उपचारका लागि सशस्त्र प्रहरी बल जुटेको छ।
सशस्त्र प्रहरी बल नेपालबाट डा. रोशन पराजुली र डा. निश्चल घिमिरेको कमाण्डमा दुईवटा स्वास्थ्यकर्मीको टोली परिचालित भइरहेको छ।
डा. पराजुलीको कमाण्डमा खटिएको स्वास्थ्यकर्मीको टोलीले रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा घाइतेहरुको उपचार गरिरहेको छर
डा. घिमिरेको टोलीले जाजरकोटको जिल्ला अस्पतालमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेको सशस्त्रका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
भूकम्पपछि नेपाल एपीएफ अस्पताल बलम्बुबाट डा. पराजुलीको कमाण्डमा ९ जना रुकुम पश्चिमका लागि र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा. घिमिरेको कमाण्डमा ४ जना स्वास्थ्यकर्मीको टोली जाजरकोटमा पुगेको छ।
Shares
प्रतिक्रिया