ad ad

समाज


राष्ट्रपति पौडेल युरोप नजाने, मंगलबार भूकम्प प्रभावित क्षेत्रतिर जाने

राष्ट्रपति पौडेल युरोप नजाने, मंगलबार भूकम्प प्रभावित क्षेत्रतिर जाने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८० सोमबार १७:३, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन्। देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका हुन्। 

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन कात्तिक २२ गते जाने कार्यक्रम थियो। तर भूकम्पसहितका अन्य संकटका कारण नागरिकहरू पीडामा रहेका बेला पौडेलको भ्रमण स्थगित भएको हो।

पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सोमबार एक विज्ञप्ति निकालेर युरोप भ्रमण स्थगित भएसँगै अब भूकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम तय भएको छ।

पोखरेलका अनुसार राष्ट्रपति पौडेल मंगलबार जाजरकोटसहितका भूकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम तय भएको छ।

राष्ट्रपति पौडेलले प्राकृतिक विपत्ति आइपरेका बेला देश छाड्न उपयुक्त नहुने निष्कर्ष निकालेका हुन्। 

फ्रान्स, जर्मनी र इटालीबाट आएको निम्तासँगै तीन दशकमा पहिलो पटक ती देशका प्रमुखसँग भेट्ने अवसर पनि देशमा परेको विपत्तिका कारण गुमाउनु परेको शीतल निवासले जनाएको छ।

नेपाल र नेपाली जनताका लागि महत्वपूर्ण अर्थ राख्ने भ्रमण भए पनि अब युरोप जाने कार्यक्रम रोकेर राष्ट्रपति जाजरकोटतिर जाने भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .