ad ad

समाज


झापाको पूर्वी नाकामा सशस्त्रद्वारा तालिम प्राप्त कुकुर परिचालन

झापाको पूर्वी नाकामा सशस्त्रद्वारा तालिम प्राप्त कुकुर परिचालन

नेपालखबर
असोज २६, २०८० शुक्रबार १९:२९, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालले झापाको पूर्वी नाकाको मेचीपुल सीमा ईलाकामा तालिम प्राप्त कुकुरसहित सशस्त्र प्रहरीको टोली परिचालन गरेको छ।

चाडपर्वको बेला सीमा क्षेत्रमा हुने अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्नसक्ने दुई वटा तालिम प्राप्त ‘डग’ परिचालन गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय पशु तथा डग हैण्डलर उप–उपशाखाबाट परिचालित जुलेट ल्याब्रोडोरले हातहतियार तथा विष्फोटक पदार्थ र जोजो ल्याब्रोडोरले लागुऔषध पहिचान गर्नेछ।

विश्व परिवेशमा हातहतियार, विष्फोटक पदार्थ लगायत लागुऔषध पहिचानमा डग परिचालन अति प्रभावकारी रहि आएको छ। सुरक्षाकर्मीको नांगो आखाले देख्न तथा छुट्याउन नसक्ने यस्तो प्रकृतीको गैह्र कानुनी क्रियाकलाप रोक्नको लागि अन्य सीमा नाकाहरुमा पनि तालिम प्राप्त जनशक्ति तथा डग बढाउँदै लैजाने संगठनको योजना रहेको छ।

यसअघि २०७२ सालको गोर्खा भूकम्पको भग्नावशेषमा परी हराएका व्यक्तिहरुको पहिचान तथा उद्धार गर्न व्यक्ति खोज तथा उद्धार तालिम प्राप्त डग परिचालन गरिएको थियो।

संसार भरको सुविधा सम्पन्न एयरपोर्टहरुमा पनि हातहतियार, विष्फोटक पदार्थ र लागुऔषधको पहिचानमा यस्ता डगहरुको परिचालन गर्ने गरिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .