पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ५ रेल्वे मार्गबाट करिब २ लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र साईकल बरामद भएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले भारतबाट अवैध रुपले तीन वटा साईकलमा राखी ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्यको लत्ताकपडा बरामद गरेको हो।
बरामद लत्ताकपडा तथा साईकल भन्सार कार्यालय वीरगञ्जमा बुझाईएको सशस्त्रले जनाएको छ।
27
Shares
प्रतिक्रिया