ad ad

समाज


कोरोनाको संक्रमणबाट चीनबाहिर पहिलो व्यक्तिको मृत्यु

कोरोनाको संक्रमणबाट चीनबाहिर पहिलो व्यक्तिको मृत्यु

नेपालखबर
माघ १४, २०७६ मंगलबार ८:२०,

भारतको कलकत्तामा उपचाररत एक २८ वर्षीया थाइल्यान्डी महिलाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

सोमबार बेलियाघाटस्थित आइडी अस्पतालमा ती महिला र एक चिनियाँ महिलालाई कोरोनाको संक्रमणपछि उपचारको लागि भर्ना गरिएको थियो।

मंगलबार थाइल्यान्डकी महिलाको मृत्यु भएको जनाइएको छ।

चीनमा गत डिसेम्बरदेखि देखा परेको कोरोना भाइरसले हालसम्म सयभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ। चीनबाहिर कोरोनाको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो।

चीन सरकारले मंगलबार दिएको जानकारीअनुसार त्यहाँ कोरोनाको संक्रमण चार हजार जनामा देखिएको छ भने एक सय ६ जनाको मृत्यु भइसकेको छ।

हालसम्म कोरोना भाइरसको संक्रमण चीनसहित १८ देशमा फैलिएको छ। चीनको हुबेई प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोनाको संक्रमण झन्डै पाँचहजार जनामा देखिएको छ।

यो पनिl

नेपालसहित १८ देशमा देखियो कोरोनाको संक्रमण, चीनबाहिर ६८ जना संक्रमित

कोरोना भाइरसका लक्षण के हुन्, यसबाट बच्न के गर्नुपर्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .