ad ad

समाज


कोरोना भाइरसको महामारी व्यवस्थापन गर्न चीनले बनायो विशेष टोली

कोरोना भाइरसको महामारी व्यवस्थापन गर्न चीनले बनायो विशेष टोली

नेपालखबर
माघ १२, २०७६ आइतबार ७:१२,

सीसीटीभीका अनुसार शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङले अध्यक्षता गरेको वैठकमा चिनियाँ कम्युनिष्ट पार्टीले विशेष टोली गठन गरेको हो।

वैठकमा चिनियाँ राष्ट्रपति सीले देश यतिबेला गम्भीर अवस्थामा पुगेकाले भाइरस नियन्त्रण र व्यवस्थापन गर्न विशेष टोलीले महत्वपूर्ण भूमिका खल्नुपर्ने बताएका थिए।

अधिकारीहरुका अनुसार यस टोलीले भाइरस नियन्त्रण गर्न सबै शक्ति प्रयोग गर्नेछन्। उनीहरुले सरकारसँग भएजति सबै स्रोतहरु भाइरस नियन्त्रणका लागि प्रयोग गर्नेछन्।

यस टोलीले संक्रमित क्षेत्रहरुको अध्ययन गरेर उपयुक्त योजनाहरु बनाउनेछन्। आइतबारसम्म चीनमा झन्डै २ हजार कोरोना भाइरसबाट संक्रमित भइसकेको एससीएमपीले जनाएको छ। यस्तै मृतकको संख्या भने ५६ पुगेको छ।

चीनको यस भाइरस विश्वका विभिन्न देशमा फैलिसकेको छ। चीनको वुहान शहरबाट यो भाइरस फैलन सुरु भएको थियो। हाल उक्त शहर ठप्प पारिएको छ। त्यहाँको यातायात तथा पसलहरु आन्तरिक तथा बाह्य उडानहरु स्थगित छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .