ad ad

समाज


वेवारिसे अवस्थामा भारतीय गाडी बरामद

वेवारिसे अवस्थामा भारतीय गाडी बरामद

नेपालखबर
माघ ११, २०७६ शनिबार १५:३९,

सशस्त्र प्रहरीले पर्साबाट वेवारिसे अवस्थामा रहेको एउटा गाडी बरामद गरेको छ। विरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट एपीएफ टोलीले भारतीय नम्बर प्लेट डब्लु बि ३४ ए जी २५९५ को मारती सुजुकी कार बरामद गरेको हो।

सडक किनारमा वेवारिसे अवस्थामा रहेको सो गाडी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेडक्वाटर पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद गाडी स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ। उक्त गाडीको भन्सार दाखिला मूल्य १० लाख रुपैयाँ रहेको छ।

यता, रुपन्देहीमा एपीएफ टोलीले भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट करीब तीन लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा भारतको अयोध्या रामनगर कलौनी घर बताउने ५४ वर्षीय सुनिलकुमार रामानी, ५२ वर्षीय राजकुमार बरयानी र भारतकै उत्तर प्रदेश अकबरपुर जिल्ला अम्बेश्वर नगर भवानीपुर घर बताउने २२ वर्षीय रवि तिवारी छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको यू पी ४५ यू ९०९० नम्बरको भारतीय गाडीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त रकम फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनीहरुको साथबाट भारु पाँच सय रुपैयाँ दरको नोट पाँच सय ९० वटा र ५० रुपैयाँ दरको नोट एक सय वटा तथा १३ हजार नेपाली रुपैयाँ समेत बरामद गरेको छ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ।

यता, झापाको मेचीनगर नगरपालिका ७ जोरसिमलबाट एपीएफ टोलीले करीब पाँच लाख ६१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स तथा लत्ताकपडा बरामद गरेको छ।

भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .