ad ad

अटो


‘टीभीएस एनटर्क १२५ रेस एडिसन’ चितवनमा सार्वजनिक

‘टीभीएस एनटर्क १२५ रेस एडिसन’ चितवनमा सार्वजनिक

नेपालखबर
माघ ११, २०७६ शनिबार १५:१४,

दुई पाङग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि प्रतिष्ठित टीभीएस मोटर कम्पनीले ‘टीभीएस एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कुटर चितवनमा सार्वजनिक गरेको छ।

नेपालको लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले एक कार्यक्रमका बीच चितवनको आधिकारिक शोरुम मालाश्री मोटर्सबाट टीभीएस एन्टर्क रेस एडिसन सार्बजनिक गरेको छ।

शुक्रबार सार्वजनिक सो स्कुटरमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ। यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ, जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिन्छ।

स्कुटरमा भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेस इडिसन’ ले टीभीएसको रेसिङ पेडिग्रीलाई झल्काउँछ। यो स्कुटर शानदार तीन संयोजन– म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेश एक्जुक्युटिभ भाइस–प्रेसिडेन्ट आर दीलिपले टीभीएस एनटर्क १२५ सार्वजनिक गरेको दिनदेखि नै नेपालमा यसको जेन जेड ग्राहकहरुमाँझ निकै लोकप्रिय बन्न पुगेको बताए।

उनले भने, ‘यसको आकर्षक एपिरियन्स र टिभीएस स्मार्ट एक्सकनेक्ट विशेषताबाहेक यसको प्रदर्शन टीभीएस एनटर्क १२५ को हलमार्क बनेको छ। यो स्कुटर टीभीएस रेसिंगको ३७ वर्षको समृद्ध पेडीग्रीबाट निर्माण गरिएको हो र यसलाई मनाउनका लागि रेस एडिसन सार्वजनिक गरिएको हो।’

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘टिभीएस एनटर्क १२५ को सार्वजनिकले नेपालको स्कुटर बजारमा ठुलो परिवर्तन ल्याएको छ। यो स्कुटर तल्कालै सबै माझ लोकप्रिय बन्न पुग्यो र हामी निश्चित छौं कि रेस एडिसनले थ्रिलको तत्व खोज्ने र स्कुटरमा अझ बढि अपेक्षा राख्ने ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ।’

IMG 9826

टीभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित छ। यो स्कुटर एक्सक्लुसिभ एप्लिकेसनसँग पेयर्ड गरिएको छ, टीभीएस कनेक्ट र रेस एडिसन प्रयोगकर्ताले स्पेशल रेस इन्सपायर्ड युजर इन्टरफेस एक्सेस गर्न सक्छन्।

सन् २०१८, सेप्टेम्बरमा सार्वजनिक भएको टीभीएस एनटर्क १२५ ले आफ्नो लक्षित ग्राहक–जेन जेड बाट निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको दाबी छ।

स्कुटरको शुक्रबार एक कार्यक्रमका बीच चितवन उधोग बाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, जगदम्बा मोटर्स प्रालिका मार्केटिंग म्यानेजर नबराज कोइराला र मालाश्री मोटरस प्रालिका निर्देशक भीमसेन श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरे।

नयाँ मोडलमा आएको यो स्कुटरमा एलईडी डीआरएल र एलईडी हेडल्याम्प रहेको छ। म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध यो स्कुटरमा हजार्ड ल्याम्प अर्थात आकस्मिक वत्ति रहेको छ भने भाइब्रेन्ट चेकर्ड फ्ल्याग ग्राफिकसँगै ‘रेसिङ पेडिग्री झल्काउने ‘रेस एडिसन’ पनि स्कुटरको प्रमुख विशेषता हो।

स्पोर्टी ब्लुटुथ कनेक्टेड यो टीभीएस एनटर्क १२५ सिसीको स्कुटर हो। यो स्कुटर माइलेज, स्टाइल र प्रविधिका लागि प्रख्यात छ। यसमा स्टेट अफ आर्ट सिभीटिआई–आरइभीभी १२४.७९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इन्जिन रहेको जनाइएको छ।

कार्यक्रममा टीभीएस एनटर्क रेस एडिसन बुकिंग ग्राहकलाइ उधोग बाणिज्य संघका अध्यक्ष र मार्केटिंग म्यानेजर कोइरालाले १० जना ग्राहकलाई टीभीएस एनटर्क १२५ रेस एडिसनको चावी हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .