ad ad

समाज


ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी सहायक निरीक्षकको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी सहायक निरीक्षकको मृत्यु

नेपालखबर
भदौ २८, २०८० बिहिबार ६:१८, उदयपुर

उदयपुरमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई) श्रीकुमार बस्नेतको मृत्यु भएको छ।

चौदण्डीगढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा बुधबार दिउँसो बेलका नगरपालिका–२ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बस्नेतको ट्रकको ठक्करबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी सहायक निरीक्षक बस्नेत जिल्ला प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिई आफ्नो प्रहरी चौकी भागलपुरतर्फ फर्किँदै थिए।

सोही क्रममा चौदण्डीको बेल्टारबाट आउँदै गरेको ना४ख ६१८३ नम्बरको ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो। तर उपचार सुरू गर्नुअघि नै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

ट्रक चालक विशाल परियार र ट्रक इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिई अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .